पार्टी विपरित काम गर्नेलाई काँग्रेसले गर्यो कारबाही

साधारण सदस्य समेत नरहने गरि ५ जना निष्काशन

गोरखा, असार,२५-

स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ ।

समिति संयोजक नन्दप्रसाद न्यौपानेका अनुसार सहिद लखन र सुलिकोट याउँपालिकाका क्रमश श्यामकाजी काप्री, ठाकुर भट्ट भीमसेन गाउँपालिकाका इमानसिंह तामाङ, टीकाप्रसाद अम्गाई र वेदप्रसाद लामिछानेलाई अनुशासनको कारबाही गरिएको कांग्रेसले जनाएको छ ।

तामाङ, अम्गाई र लामिछाने अर्को पार्टीबाट र काप्री बागी उम्मेदवार उठेको उजुरी जिल्ला कार्यसमितिमा आएको थियो ।