संञ्चारकर्मी तथा नवगायिका भीमा पुनलाई “क्यारम क्यारम भो “

राज कमल एम.सी,

नेपालगन्ज,असार,२५-

बाँकेको कचनापुरमा जन्मिएर राजधानीलाई कर्मथलो बनाउँदै आएकी संञ्चारकर्मी तथा नवगायिका भीमा पुन भर्खरमात्र क्यारम, क्यारम भो बोलको गीत ल्याएर बजारमा आएकी छिन् । गीत संगीमा आफ्नो भविष्य सुरक्षित देखेर सानै उमेर देखि गायनमा लागेकी पुन पछिल्लो पुस्तालाई सुहाउने गीत बजारमा ल्याएर आएकी हुन् ।

संञ्चारकर्मी तथा नवगायिका भीमा पुन

केही समय नेपालगन्जलाई कर्मथलो बनाएकी पुन हाल राजधानीलाई कर्मथालोको रुपमा बनाउँदै आएकी छिन् । आफु सानैदेखि गति संगितमा लागेको उनले बताउने गरेकि छन्  ।

उनले भनिन् म स्कुल पढ्दादेखि नै विभिन्न कार्यक्रमहरुमा स्वागत गीत गाउँने र नृत्य प्रस्तुत गर्दा गर्दै सबैले तिम्रो स्वर राम्रो छ, तिमी भविष्यमा गायीका बन्न सक्छौ भनेर हौसाला दिएकै कारण आफू गीत संगीतको बाटो समाई  हिडेको  पुनले बताईन ।

कचनापुरबाट २०७० सालमा पढाईको सिलसिलामा नेपालगन्ज छिरेकी पुन सञ्चारकर्मीको रुपमा समेत मध्य र सुदूरपश्चिम क्षेत्रकी चर्चित आर्जे मध्यकि एक हुन् ।

रेडियो भेरी आवाजमा लोकदोहरी कार्यक्रम प्रस्तोताको रुपमा छिरेकी पुन, पश्चिम नेपालको चर्चित रेडियो कृष्णसार एफ.एममा समेत प्राविधिक र आर्जेको रुपमा काम गरिसकेकि छन् ।

कृष्णसार एफ.एमबाट प्रसारण हुने इन्द्रेणी नामको लोकदोहरी कार्यक्रम मध्य तथा सुदूर पश्चिम क्षेत्रमा निकै नै चर्चित कार्यक्रम हो । २०७३ सालमा प्रमोद डिजी र पुनले गाएको तिज गीत  “मुद्दा हाल्छु शिवजीलाई तिम्लाई पाइन भनेभन्ने बोलको गीतले केही हद सम्म पुनलाई चिनाएको हो ।

संञ्चारकर्मी तथा नवगायिका भीमा पुन

गायीका पुनका अनुसार मेला महोत्सव र विभिन्न कार्यक्रममा जाने अवसर जुराउने गीत नै मुद्दा हाल्छु शिवजी नै रहेको पनि उनले बताईन् ।पुनले चर्चित युवा गायक टंक तिमिल्सिना, प्रमोद डिजी लगायतसँग ‘पीडा नै पीडा पाको छु, बाँचुञ्जेल त मेरै दिलमा, मुद्दा हाल्छु शिवजीलाई, मुद्दा हाल्छु लगायत करिव आधा दर्ज गीतमा स्वर दिइसकेकि छिन ।

उनको पहिलो गीत भने पीडा नै पीडा पाको छु हो ।जुन गीतमा टंक तिमिल्सिना र पुनले स्वर  दिएका छन् । उनले तीज लगत्तै ३ वटा गीत रिलिज गर्ने बताएकि छन् । 

सुरुमा यस्तो क्षेत्रमा लाग्नु हुन्न भन्ने बाबा मम्मी र आफ्न्तहरु अहिले भीमाले गीतसंगीतमा केही गर्न सक्छ भनेर आफुलाई हौसला दिइरहेको पनि उनले बताईन ।

उनले भनिन् आएर त्यही हौसलाका कारण पछिल्लो समय राजधानीलाई कर्मथलो बनाउन सफल भएको छु । कुनैपनि क्षेत्र नराम्रो हुँदैन, राम्रो बन्ने नराम्रो बन्ने भन्ने कुरा त्यो आफूमा भर पर्छ, संघर्ष के हो र संघर्षपछिको सफलता कस्तो हुन्छ ,त्यो मैले राम्रोसँग बुझेकी छु पुनले भनिन् ,त्यसैले आज सम्पूर्ण कार्य छोडेर गीत संगीतमा मात्र समर्पित छु ।

भगवान् जस्ता मेरा दर्शक स्रोता हुनुहुन्छ उहाँहरुको माया सहयोग र सद्भावले गर्दा नै मैले सफलता पाउने हो, त्यसैले पनि म यस वर्ष समय अनुकुलका निकै राम्रा गीतहरु बजारमा ल्याएर उनले बताएकि छन् ।

नव गायीका भिमा पुन मगले यो गित संगितको क्षेत्रमा अझै सफलताको शिखर चुम्न सफल रहोस् उज्वल भविश्यको कामना भन्दै हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना  छ ।