दाङका दर्शकलाई “औंठेछाप” फिल्म देखाइयो ,दर्शकबाट पायो मिश्रित प्रतिक्रिया

शिव पुन
तुलसीपुर,असोज,३-
चलचित्र औंठेछाप को दाङको तुलसीपुरमा च्यारिटी शो गरिएको छ । नेपालको लोपोन्मुख जाति कुमाल जातिको पहिचान तथा संस्कृतीलाई समेटेर तयार पारिएको चलचित्र आज दाङका पत्रकार , विभिन्न संघसंस्थाका प्रमुख लगाएत दर्शकलाई देखाइएको छ । फिल्म हेरिसकेपछी दर्शकले फिल्मको बारेमा मिश्रित प्रतिक्रिया दिएका दिएका छन् ।

फिल्म औंठेछाप यसपुर्व नै नेपालका विभिन्न जिल्लाका दर्शकलाइ देखाइसकिएको छ भने अझै कुमाल जातिको बसोबास भएका केही जिल्लामा यो फिल्म देखाइने भएको छ ।
फिल्म देखाइनुपुर्व फिल्मका निर्देशक एवं कलाकार आलोक कुमाल अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा बोल्ने वत्ताहरुले फिल्मलाई सफलताको शुभकामना दिएका छन् ।

कार्यक्रममा बोल्दै फिल्मका निर्देशक आलोक कुमालले फिल्मले कुमाल जातिको संस्कृति,भेषभुशा, चालचलन हराउन थालेको भन्दै त्यसको जगेर्ना गर्न फिल्म निर्माण गरिएको बताए ।

साथै उनले फिल्मबाट भएको आम्दानीको केही प्रतिशत कुमाल जातिका बालबालिकाहरुको अध्ययन खर्चका लागि अक्षयकोष स्थापना गरिने बताए ।

कुमाल समाज दाङका अध्यक्ष दिपक कुमालले सहजीकरण गरेको कार्यक्रममा कुमाल समाज नेपालका महासचिब खिम बहादुर कुमालले कुमालको भेषभुषा, पेशा, भाषा, संस्कृति संरक्षण गर्न चलचित्रले महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताएका थिए ।