सुनकोशी गाउपालिकामा निसुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,२९-
ओखलढुंगाको सुनकोशी गाउपालिका ९ कोशहाटमा एक दिने निसुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाको आयोजना तथा ९ नम्बर वडा कार्यलयको व्यबस्थापनमा शिबिर संचालन भएको हो ।

बिहान १० बजे बाट साझ ५ बजे सम्म संचालन भएको शिबिरमा दुई सय भन्दा बढी स्थानीयले सेवा लिएका छन् । सुनकोशी गाउपालिकाको ५,७ र ९,नम्बर वडाका स्थानीय तथा चम्पा देबी गाउपालिकाका केही स्थानीयले सेवा लिएका छन् ।

शिबिरमा महिलाहरुको महिनावारी सम्बन्धी समस्या ,दम,बाथ,अम्लपीत र छाला सम्बन्धी रोगहरु, पाठेघर सम्बन्धी रोगहरु,सेतो पानि बग्ने जस्ता रोग पहिचान गरि ७२ प्रकारका औषधी बितरण गरिएको वडा अध्यक्ष झनक कार्किले जानकारी दिनुभएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टरहरुको उपस्थित भएको स्वास्थ्य शिबिरमा सरस्वती आलेले स्थानीयमा जनचेतनाको कमि भएको बताउनु भयो । चेतनाको कमिले महिला सम्बन्धी रोगहरु बाहिर ल्याउन नसकेको पाईएको डाक्टर आलेले बताउनु भएको छ ।

स्थानीयले यसरी गाउ बाटै आफुले सेवा लिन पाउदाँ खुशी व्यक्त गरेका छन् । साथै हरेक महिनाको ५ र २० गते आयुर्वेद क्लिनीक सुनकोशी गाउपालिका ९ कोषहाट बाट लिन सकिने वडा अध्यक्ष कार्किले बताउनु भएको छ ।