आज राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने

काठमाडौं,चैत,१-राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज विरोध प्रदर्शन गर्ने भएको छ।

बिहीबार राप्रपाले भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टचारीलाई कानूनको कठघरामा उभ्याउन मागसहित आन्दोलन गर्न लागेको हो।

आन्दोलनको कार्यक्रम भद्रकाली परिसरमा मध्यान्ह १२ बजेबाट शुरु हुनेछ।कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको पनि उपस्थिति हुने जनाइएको छ।ईमेजखबरबाट