ईन्जा साहसी पत्रकारिताको पुरस्कार पत्रकार अजयबाबु शिवाकोटीलाई प्रदान गरिने

काठमाडौं,असोज,२१-

फाईल तस्विर : पत्रकार अजयबाबु शिवाकोटी

नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल  (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष पत्रकार अजयवावु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।

 पुरस्कारको राशी १ हजार अमेरिकी डलर यो पुरस्कार ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७,२०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। 

पत्रकार शिवाकोटीले एक महिलामाथि यौन दुर्व्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महरावारेको समाचार पहिलो पटक सार्वजनिक गरेका थिए। समाचारले महरालाई राजीनामा गर्न वाध्य मात्र पारेन उनलाई अनुसन्धानको दायराभित्र पनि ल्यायो।

ईन्जाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘यो साहसी पत्रकारिताको सम्मान गर्न चाहन्छ र यस्ता समाचारहरुले कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्याउनेछ भन्ने विश्वास राख्दछ।समाचार प्रकाशनसंगै पत्रकार शिवाकोटीको सुरक्षाप्रति पनि ईन्जाले गम्भीर चासो देखाउँदै पत्रकारको सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसंग आग्रह गरेको छ। साभार नेपाल लाईभ डटकमबाट !