एमसीसी पास गर्न समर्थन गर्दैनौ : माधव नेपाल

काठमाडौं,फागुन,८- संसदमा आईतबार पेश भएको एमसीसी पास गर्न समाजवादीले सहयोग नगर्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताउनु भएको हो ।

सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ ।

संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो, ‘पास गर्ने कुरामा हाम्रो समर्थन नरहेको जानकारी दिनुभयो ।