भ्रष्टाचारी नेता अनुकूल कानून बनाउन प्रधानमन्त्रीको लबिङ

काठमाडौं,भदौं,१४-

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसदमा अड्किएको छ ।

अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको सशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको श्रोतको दाबी छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएर सजाय भुक्तान गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायतलाई निर्वाचनमा उठाउने गरी कांग्रेस सांसदहरुले संशोधनको माग गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।