थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

काठमाडौं,साउन,२५-नेपालमा विगत २४ घण्टाको अवधिमा थप ३ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ नमूनाको पीसीआर परीक्षण गर्दा २ हजार ६०९ र ६ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ पुगेको छ । सो अवधिमा १ हजार ७८४ जना निको भएसँगै हालसम्म ६ लाख ७१ हजार ८३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।