सन्दीप बिहान १० बजे नेपाल आईपुग्ने, विमानस्थल प्रहरी अलर्ट

काठमाडौं,असोज,२०-किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् ।

‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाटकाठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाईलिखित जानकारी गराइसकेको छु ।’