आजदेखि लामो दूरीका गाडी सञ्चालन

फाईल तस्विर !!

काठमाडौं,असोज,१-लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्।

यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी गकि सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ।

चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर र सहचालकले फेस भाइजर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ। यस्तै यात्रुलाई यात्रा अवधिभर मास्क लगाउनुपर्ने र सवारीसाधनमा चढ्दा, ओर्लिंदा तथा खाजा खाँदा भीड नगर्न अनुराेध गरिएकाे छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि लामो दूरीका गाडी सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हाे। तर ५० प्रतिशत अर्थात् सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइनेछ भने यात्रुले ५० प्रतिशत बढी भाडा तिर्नुपर्नेछ।