बिहानै ६ रेक्टरको भूकम्प, सिन्धुपाल्चोक केन्द्र बिन्दु

फाईल तस्विर !!

काठमाडौं,भदौ,३०-भूकम्पको धक्काले बुधबार बिहान काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएको छ।

बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो।

सिन्धुपाल्चोकको राम्चे काठमाडौंदेखि ६३ किलोमिटर उत्तरपश्चिममा पर्छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसको पुष्टि गर्नु भएको हो।

‘बिहान ५:१९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको उहाॅंले बताउनुभयो ।अमेरिकन जिओलोजिकल सर्भेले भने बुधबार गएको भूकम्प ५ दशमलव ३ रेक्टरस्केलको रहेको जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु कोदारी राजमार्गबाट ११ किलोमिटर उत्तरपश्चिममा रहेको सर्भेले जनाएको छ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताउनुभयो ।

आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको धक्काले काठमाडौं उपत्यकालाई जोडले हल्लाएको छ। भूकम्पको धक्काले मानिसहरु त्रसित बनेका छन्। भूकम्पछि मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका थिए।