पार्टी एकता कुनै पनी हालतमा हुन्छ : श्रेष्ठ

गोरखा, पुस १०-

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेसँग कुनैपनि हालतमा पार्टी एकता हुने प्रस्ट पार्नु भएको छ ।

पार्टी एकता गर्ने संकल्पअनुसार नै वाम गठबन्धनले जनतामा गएर मत मागेको र निर्वाचनबाट जनादेश प्राप्त भएकाले एकतामा दायाँबायाँ नहुने उहाँले  बताउनुभयो ।

प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनपछि पहिलोपटक गोरखा आएका नेता श्रेष्ठले सोमबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा गोरखा क्षेत्र नम्बर–२ का जनताको छनोटमा यसपटक आफू नपरे पनि आफूले स्वाभाविक मानेको बताउनुभयो ।