कांग्रेसमा सुधारको खाँचो छ : नेता सिंह

काठमाडौं, पुस,१०-

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसमा सुधारको खाँचो रहेको बताउनुभयो ।नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर–१० ले सोमबार राजधानीमा आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताउनुभयो ।

‘कांग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीमा सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन्, पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु’–नेता सिंहले भन्नुभयो  पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले विधानअनुसार चल्न नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताउनुभयो ।

‘समानुपातिकमा प्राप्त मतले पनि कांग्रेसप्रतिको जनताको मोह घटेको छैन’–उहाँले भन्नुभयो कांग्रेसले आफ्नो सरकारका पालामा गरेका राम्रा कामलाई प्रचार–प्रसार गर्न नसक्दा कमजोर नतिजा आएको उहाँको भनाइ थियो ।उहाँले विकासप्रति जनताले नेताको मुखमात्र ताक्नुभन्दा पनि नेताहरुलाई दबाब दिनुपर्ने बताउनुभयो । रासस