हुलाकी राजमार्गको मन्त्रीद्धारा शिलान्यास

बाँके,माघ ६-बाँकेको राप्तीपारिस्थीत बघौडाबासीको सपना चाडै सकार हुने भएको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको हुलाकी सडकको निर्माण कार्य प्ररम्भ हुने भएपछि राप्तीपारी ९ गाविसका बासिन्दालाई आवत जावत सहज हुने भएको छ । सदरमुकाम नेपालगंज सम्म आवत जावतका लागि एक मात्र विकल्प हुलाकी सडक अलपत्र पर्दा यहाँका बासिन्दाले बषैंदेखि दुःख कष्ट बेहोर्दै आएका थिए ।

भारत सरकारले जिम्मा लिएपनि भारतीय ठेकेदार बीचमै काम अलपत्र पारेर भागेको  थियो । नेपाल सरकारले अहिले भारतसंग केहि सहयोग लिएर नेपाली ठेकेदारलाई प्रयोग गरी पुन निमार्ण कार्यलाई अगाडी बढाएको हो । निमार्णधिन हुलाकी सडकको बुधबार फत्तेपुरमा एक भव्य समारोहका विच भौतीक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले शिलान्यास गर्नुभयो ।

सो अवसरमा बोल्दै मन्त्री लेखकले रकम अभावकै कारण सडक निमार्णमा कुनै समस्या नआउने बताउनुभयो । उहाँले भन्नुभयो जती पैसा चाहिन्छ नेपाल सरकारले उपलब्ध गराउँछ पैसाको कमीले गर्दा सडक बन्ने काम रोदिैन । ठेकेदारको कामको निग्रनी गर्न मन्त्रालय र हुलाकी सडकका उच्च अधिकारीले भन्दा स्थानीय बासिन्दाले गर्दा बढी प्रभावकारी हुने बताउनुभयो ।

मन्त्री लेखकले लामो समयदेखि रोकिएको निमार्णले ३० महिनाभित्र पुर्णता पाउने जिकिर गर्नुभयो । बघौडाबासीको सपना चाडै साकार हुने बताउँदै उहाँले भन्नुभयो काम अब चाडै दु्रत गतीमा अगाडी बढ्छ यो सम्पत्ती तपाईहरुको हो । त्यसकारण ठेकेदार को काममा निरन्तर निग्रानी र खबरदारी गरिरहनु होला । ठेकेदार लाई काम गर्ने वातावरण बनाईदिन पनि उहाँले स्थानीय बासिन्दालाई अनुरोध गर्नुभयो ।