उत्तर कोरियाले आणविक स्थगीत गरे मात्र ट्रम्पले भेटवार्ता गर्ने

काठमाडौं, फागुन,२६-

अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको बहुचर्चित भेटवार्ताका बारेमा केही सर्त अघि सारेको छ ।

अमेरिकाले भेटवार्ता गर्नुअघि केही ठोस कदम उत्तर कोरियाले चाल्नुपर्ने सर्त अघि सारेको हो ।अमेरिकी उपराष्ट्रपति माइक पेन्सीले उत्तर कोरियाले आणविक कार्यक्रम स्थगित गरेपछि मात्र राष्ट्रपति ट्रम्पले भेटवार्ता गर्ने बताएका छन् ।

यसअघि उत्तर कोरियाली नेता किमले पठाएको निमन्त्रणापत्र स्वीकार गर्दा ट्रम्पले कुनै सर्त राख्नु भएको थिएन ।

ह्वाइट हाउसका प्रवक्ता सेरा सेन्डर्सले पत्रकार सम्मेलन गर्दै उत्तर कोरियाले यसअघि गरेका प्रतिबद्धता पूरा नगरेसम्म राष्ट्रपति ट्रम्पसँग भेटवार्ता नहुने बताउनुभयो ।

तर उनले उत्तर कोरियाले कस्ता प्रतिबद्धता पूरा गर्नुपर्ने र के कदम चाल्नुपर्ने भन्ने स्पष्ट पार्नु भएन । उहाँले उत्तर कोरियाको बोली र व्यवहारबीचको अन्तर भने हुन नहुने बताउनुभयो ।

सेन्डर्सले उत्तर कोरियाले परमाणु हतियार त्याग्ने र मिसाइल परीक्षण गर्न बन्द गर्ने प्रतिबद्धता यसअघि जनाएको बताउनुभयो । उहाँले अमेरिकाको सैन्य अभ्यास भने जारी रहने बताउनुभयो । (एजेन्सी)