रझेना स्रोत केन्द्रमा अतिरिक्त क्रियाकलाप सम्पन्न

रोशन घर्ती/

घोराही,फागुन,२५-

घोराही उपमहानगरपालिका–१८ मावि रझेनामा स्रोतकेन्द्र स्तरिय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । माध्यमिक विद्यालय रझेनाका निमित्त प्रधानाध्यापक रामहरी रिजालको अध्यक्षता तथा विद्यालय निरिक्षक नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

रझेना स्रोत केन्द्रमा रहेका २५ विद्यालय सहभागि रहेको कार्यक्रममा स्रोतकेन्द्र स्तरिय अतिरिक्त क्रियाकलाप भएका छन् । जसमा विज्ञान प्रदर्शनी तर्फ मावि बाल विकासकी पुर्णिमा घर्तीमगर प्रथम, मावि रझेनाकी सिम्रन रहमान द्धितिय, मावि चौघेराका विशाल जीसी तृतिय हुनुभयो ।

त्यस्तै निवन्ध प्रतियोगितातर्फ मावि बालविकासका शान्ति बुढा प्रथम, पद्यमोदय पब्लिक नमुना माविका सुम्निमा पन्थी द्धितिय र मावि चौघेराका गजाधर केसी तृतिय हुनुभयो । त्यस्तै निमावि तहमा भएको वक्ततृत्वकला प्रतियोगितातर्फ अम्विकेश्वरी आधारभुत विद्यालय बेलघारीका चित्रा बपाल प्रथम, महेन्द्र मावि धर्नाका विश्वास अधिकारी द्धितिय र मावि बालविकासका मणिदिप तिवारी तृतिय हुनुभयो ।

त्यस्तै नृत्य तथा गीत प्रतियोगिता तर्फ मावि बालविकासका संजिता पुन प्रथम, मावि रझेनाका शुसिल थापा द्धितिय, र मावि सेवारका बिमला पुन तृतिय हुनुभयो । त्यस्तै प्रावि तह भएको गणित दौड प्रतियोगितातर्फ पद्यमोदय नमुना माविका मिलन जीएम प्रथम, गोरक्ष रत्ननाथ मावि चौघेराका चन्द्र जीसी द्धितिय र बालविकास माविका सुयोग घर्तीमगर तृतिय हुनुभयो ।

त्यस्तै चित्रकलातर्फ अम्बिकेश्वरी आधारभुत विद्यालय बेल्घारीका साहिल बिक प्रथम, प्रावि करौँतीडाँडाका गणेश विक द्धितिय र पद्यमोदय नमुना मावि भरतपुरका बविता आचार्य तृतिय हुनुभयो । कार्यक्रमा स्रोत व्यक्ति रामप्रसाद जैशीले मानशिक, शारिरीक, संवेगात्मक लगाएत चौतर्फ विकास गर्न अतिरिक्त क्रियालपको महत्वपुर्ण भुमिका हुने बताउनुभयो ।

विद्यार्थीलाई कितावी ज्ञान मात्र नभई बाहिरी ज्ञान दिन पनि आवश्यक रहको भन्दै उहाँले विद्यार्थीको चौतर्फी विकासका लागि सधैँ अतिरिक्त क्रियाकलापको जरुरी रहेकोमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण अम्बिकेश्वरी आधारभुत विद्यालय बेलघारीकी शिक्षक संगीता चौधरीले गर्नुभएको थियो ।