‘श्री ५ को सरकार’भन्दै भाषण गर्ने खानेपानी मन्त्री मणिचन्द्रले मागे माफी

फाईल तस्विरमा :शहरी विकास तथा खानेपानी मन्त्री मणिचन्द्र थापा

काठमाडौं,माघ,१८-शहरी विकास तथा खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्री ५ को सरकार भुलवश भनेको भन्दै माफी माग्नुभएको छ ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री थापाले नेपाल सरकार भन्नुपर्नेमा भुलवश अन्यथा भएकोले त्यसलाई तत्काल सच्याएको उल्लेख गर्दै माफी माग्नु भएको छ ।

कार्यक्रममो बोलेको शब्दप्रति नेपाली नागरिक, शूभचिन्तक, र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले दुविधा नराखिदिनु हुन पनि उहाँले आग्रह गर्नु भएको छ ।

मेरो पुरै राजनीतिक जीवन क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु स्टाटसमा भनिएको छ ।

मन्त्री थापाले शनिबार सुर्खेतमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा स्वागत गर्न चाहान्छु, भन्नुभएको थियो । पछि सहयोगीले सम्झाइदिएपछि उहाँले नेपाल सरकार नै भन्नुभएको थियो ।

राजतन्त्र फालिएको वर्षौ भइसकेको र संघीय गणतन्त्रका मन्त्रीले श्री ५ को सरकार भनेको भन्दै सर्वत्र आलोचना भएको छ ।