बिहानी अनलाईन डटकम आजबाट पाचौं वर्षमा प्रवेश

काठमाण्डौं,साउन,३०-

बिहानी अनलाईन डटकम||www.bihanionline.com

बिहानी अनलाईन डटकम आजबाट पाचौं वर्षमा प्रवेश गरेको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो ।

बिहानी अनलाईन पाचौं वर्षमा प्रवेश गरे संगै देश विदेशमा रहेका पाठक वर्गले अनलाईनको सफलता प्रती शुभकामना दिदै आगामी दिनमा अझ व्यापक ढङ्गबाट सत्य तथ्य सहितको समाचार सम्प्रेषण गर्न सल्लाह सुझाव सहित सबै पाठक वर्गले सहि समयमा ताजा समाचार र अन्य विभिद् कुराहरु पढ्न पाउँ भन्दै शुभेच्छा पनि प्रकट गरेका छन् ।

वार्षिक उत्सवको अवसरमा बिहानी अनलाईनका अध्यक्ष दिपेन्द्र सारु मगरले अनलाईन प्रती शुभकामना दिनुहुने र अनलाईनका लागि समचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

बिहानी अनलाईन डटकमका अध्यक्ष/प्रधान सम्पादक : दिपेन्द्र सारु मगर 

उहाँले आगामी दिनमा पनि देश विदेशमा छरिएर रहेका नेपाली समुदायमाझ सत्यतथ्य,निश्पक्ष रुपमा समाचार सम्प्रेषण गर्दै  नेपाली समाजमा अझ विश्वासिलो माध्यम बन्नका लागि परिवर्तन तर्फ निरन्तर आफ्नो पाइला अघि सार्दै जाने बताउनुभयो ।