प्रधानमन्त्री दाहाल चीन प्रस्थान

काठमाडौं, चैत ११- प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन गएराति चीनको हैनान प्रान्तको बोआओ सहर प्रस्थान गर्नुभएको छ ।प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास वैरागी तथा मन्त्रालयका अन्य उच्च पदाधिकारी भ्रमणमा सामेल छन् ।

प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।बोआओमा रहँदा प्रधानमन्त्री दाहालले यही चैत ११ गते चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन अपराह्न उनी बेइजिङतर्फ प्रस्थान गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नुका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गर्ने भएका छन् ।प्रधानमन्त्री दाहालले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध स् समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

सोही दिन उनले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम समेत तय भएको छ । प्रधानमन्त्री दाहाल चैत १६ गते स्वदेश फर्कनेछन् ।साभार ईमेजखबरबाट