स्थानीयको सक्रियतामा बाटो निर्माण

नेपालगञ्ज चैत्र,१०-

नेपालगञ्ज वडा नम्वर १२ नयाँ बस्तीमा स्थानीयकै सक्रियतामा बाटो निर्माण हुँदैछ । करिव ५ सय मिटर बाटो चौडा गरिनुका साथै माटो पटान तथा ग्रावेल बाटो निर्माणका लागि स्थानीयहरु श्रमदानमा जुटेका छन् ।

वडा न १२ वडा समिति कार्यालयको ५ लाख, स्थानीयको ५ प्रतिशत नगद र अन्य श्रमदान गरि बाटो विस्तार कार्यलाई तिव्रता दिइएको छ। स्थानीय उपभोक्ता समितिमार्फत अहिले निर्माण कार्य भइरहेको छ ।

वडा नं १२ का अध्यक्ष बुद्धीसागर सुवेदी स्वयंको अगुवाईमा ५० जना स्थानीयवासीे फरुवा सहितको साधान लिएर बाटो निर्माणमा जुटेका छन् ।

पतिराम बाल्मीकीको घरदेखि सरिता ठाकुरको घर हुँदै दिपक केसी सम्मको बाटो निर्माण हुने उपभोक्ता समितिले जनाएको छ । स्थानीयको अग्रसताले केही दिनमै ग्रावेलसहितको बाटो सम्पन्न हुने वडा अध्यक्ष सुवेदीले विश्वास व्यक्त गर्नु भयो ।