निजगढ रतनपुरीमा महेश बस्नेतद्धारा कार्यकर्ता प्रशीक्षण कार्यक्रम सम्पन्न

अन्य पार्टी परित्याग गरी प्रवेश गर्नेको लहर!!

फाईल तस्विर !!

निजगढ,बारा,भदौ,१९-नेपाल कम्न्युस्ट पार्टी एमाले निजगढ नगर कमिटिको आयोजनामा र रतनपुरी ब्लकको सहयोगमा क. महेस बस्नेत को प्रमुख आतिथ्यमा कार्यकर्ता भेला तथा प्रशीक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय माबीको प्रांगणमा भएको कार्यक्रमको सभापति दिल बहादुर लामाले गर्नुभएको थियो।सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री ,राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केंद्रीय सदस्य महेस बस्नेतले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउदै यस सरकारबाट जनताले कुनै आशा गर्न नहुने बताउनुभयो ।

माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठगाठलाई मापासे सरकारको संज्ञा दिदै बर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उहाँको भनाई छ।उहाँले यस निजगढ रतनपुरी जस्तै देशैभरी नेकपा एमाले नै सहि हो भन्दै पार्टि प्रवेस गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन : नेतृत्वमा आउने उद्घोष गर्नुभयो।

नेकपा एमालेका केन्द्रिय सदस्य अच्युत मैनाली, केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, नेकपा एमालेका केन्द्रिय सदस्य एवम बारा अध्यक्ष बलबिर चौधरी, प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, निजगढ नगर उपप्रमुख लीला देबी खनाल, जिल्ला कमिटी सदस्य विश्वनाथ लामिछाने , लक्ष्मी नेपाली,राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिब मोमिन आलम ,अनेरास्वबियु केन्द्रिय सचिबालय सदस्य त्रीलोक बिक्रम शाह ,राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्यहरु हिरा बस्नेत, विश्वाश शाह ,अशोक तिवारी,नेपाल राष्ट्रिय बाणिज्य महासंघ केन्द्रीय सदस्य शिव पौडेल,युवा संघ जिल्ला अध्यक्ष पुरुशोत्तम शाह, अनेरास्वबियु जिल्ला अध्यक्ष भैयाराम सहनि, सान्स्कृतिक मन्च जिल्ला अध्यक्ष चयन मगर गुरुङ, लक्ष्मी गुरुङ लगायतको सयौँ नेता कार्यकताको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा आमन्त्रित कलाकार चयन मगर गुरुङ, लक्ष्मी गुरुङ, अनिसा नेपाली, बिबेक बस्नेत ले सास्कृतिक मार्फत नेता कार्यकर्तालाई नचायका थिय। विभिन्न पार्टि परित्याग गरी ५० जना नेकपा एमालेमा पार्टि प्रवेस गरेका छन।भने उक्त कार्यक्रम सागर दाहालले सन्चालन गर्नु भएको थियो ।