नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुदै

पहिलो मैत्रीपूर्ण खेल बराबरी !!

काठमाडौं,भदौ,२०-नेपालले दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज (आइतबार) भारतसंग हुदैछ ।त्रिपुरेश्वरस्थितदशरथ रंगशालामा हुने खेल बेलुकी साढे ५ बजे सुरु हुनेछ ।

साफ च्याम्पियनसिपको तयारीमा रहेका दुवै टिमले काठमाडौंमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने तय गरेका थिए ।पहिलो मैत्रीपूर्ण फुटबल बिहीबार भएको थियो।जुन खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए ।

अन्जन विष्टले गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपालले बराबरी खेलेको थियो।भारतका लागि अनिरुद्ध थापाले गोल गर्दै खेल बराबरी गरेका थिए।आज हुने खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलीभिजनले गर्नेछ ।

नेपाललाई प्यालेस्टाइन, कीर्गिस्तान लगायतका देशले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेका थिए । तर नेपालले भारतको प्रस्ताव स्विकार गर्दै काठमाडौं बोलाएको हो ।

अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि नेपाली टिम तयारीमा छ।प्रतियोगितामा नेपालले भारतलाई मुख्य चुनौतीको रुपमा हेरेको छ । सोही कारण भारतसंग खेल्दै कमजोरी सुधार गर्ने नेपालको लक्ष्य छ ।

यसैबिच :आईतबार हुने दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका कप्तान किरण चेम्जोङले राष्ट्रिय टिमबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गर्नेछन् ।

बिहिबार नेपालको कप्तानी गर्दै किरणले विराज महर्जनको सर्वाधिक खेलको कीर्तिमानी बराबरी गरेका थिए ।