विश्वकप फुटबल आजबाट शुरु हुदै : पहिलो खेल रसिया र साउदी अरबीयाबीच हुने

विश्वकपमा ३२ राष्ट्रहरुको सहभागीता ( समय तालीका नेपाली समय अनुसार)

रसिया,मस्को,जेठ,३१-

Fifa world cup Russia 2018

विश्वकप फुटबल प्रतियोगिता २०१८ आजबाट शुरु हुदैछ। विश्वकप फुटबलमा ३२ वटा वटा राष्ट्रहरूको टोलीले सहभागीता जनाउदैछन् ।रसियाको राजधानी मस्कोमा आज साँझ भव्य रुपमा विश्वकप समारोह उद्घाटन हुदैछ ।

उद्घाटन लगत्तै आयोजक रसिया र एसियाली मुलुक साउदी अरबीयाबीच पहिलो खेल नेपाली समय अनुसार बेलुका ८:४५ हुनेछ ।रसियाका विभिन्न ११ शहरमा एक महिनासम्म चल्ने विश्वकप फुटबलमा कुल ६४ खेल हुनेछन् ।

विश्वकप खेल आठवटा समूहहरुमा रहेर  खेलाईदैछ । यसपटक विश्वकपमा युरोपबाट  रुस, बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् ।

यसैगरी : एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् ।

त्यसैगरी : अफ्रिकाबाट भागलिने राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को ५ राष्ट्रहरू रहेका छन ।

यस्तै : उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन् ।

त्यस्तै दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।

(रसियामा आजबाट एक महिना सम्म चल्ने विश्वकपको नेपाली समय अनुसार तालीका हेर्नुहोस् )

३१ जेठ २०७५
साँझ ८ :४५ , रुस र साउदी अरेबिया, पहिलो समूह

१ असार २०७५
साँझ ५:४५, इजिप्ट र उरुग्वे, पहिलो समूह
साँझ ८:४५, मोरक्को र इरान, दोस्रो समूह
राति ११:४५, पोर्चुगल र स्पेन, दोस्रो समूह

२ असार, २०७५
साँझ ५:४५, फ्रान्स र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ६:४५, अर्जेन्टिना र आइसल्याण्ड, चौथो समूह
राति ९:४५, पेरु र डेनमार्क, तेस्रो समूह
राति १२:४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह

३ असार, २०७५
साँझ ५:४५, कोस्टारिका र सर्बिया, पाँचौ समूह
साँझ ८:४५,जर्मनी र मेक्सिको, छैटौं समूह
राति ११:४५, ब्राजिल र स्वीजरल्याण्ड, पाँचौं समूह

४ असार, २०७५
साँझ ५:४५, स्वीडेन र कोरिया गणतन्त्र, दक्षिण कोरिया, छैटौं समूह
साँझ ८:४५, बेल्जियम र पानामा, सातौं समूह
राति ११:४५, टिउनेसिया र बेलायत, सातौं समूह

५ असार २०७५
साँझ ५:४५, कोलम्बिया र जापान, आठौं समूह
साँझ ८:४५, पोल्याण्ड र सेनेगल, आठौं समूह
राति ११:४५, रुस र इजिप्प, पहिलो समूह

६ असार २०७५
साँझ ५:४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह
साँझ ८:४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह
राति ११:४५, इरान र स्पेन, दोस्रो समूह

७ असार २०७५
साँझ ५:४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ८:४५, फ्रान्स र पेरु, तेस्रो समूह
राति ११:४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह

८ असार २०७५
साँझ ५:४५, ब्राजिल र कोस्टारिका, पाँचौं समूह
साँझ ८:४५, नाइजेरिया र आइसल्याण्ड, चौथो समूह
राति ११:४५, सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार २०७५
साँझ ५:४५, बेल्जियम र टिउनेसिया, सातौं समूह
साँझ ८:४५,कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको,छैटौं समूह
राति ११:४५, जर्मनी र स्वीडेन, छैटौं समूह

१० असार २०७५
साँझ ५:४५, बेलायत र पानामा, सातौं समूह
साँझ ८:४५, जापान र सेनेगल ९आठौं समूह
राति ११:४५, पोल्याण्ड र कोलम्बिया, आठौं समूह

११ असार २०७५
साँझ ७:४५, उरुग्वे र रुस, पहिलो समूह
साँझ ७:४५, साउदी अरेबिया र जापान, पहिलो समूह
राति ११:४५, स्पेन र मोरक्को, दोस्रो समूह
राति ११:४५, इरान र पोचुगल, दोस्रो समूह

१२ असार २०७५
साँझ ७:४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह
साँझ ७:४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह
राति ११:४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह
राति ११:४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह

१३ असार २०७५
साँझ ७:४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह
साँझ ७:४५, मेक्सिको र स्वीडेन, छैटौं समूह
राति ११:४५, सर्बिया र ब्राजिल, पाँचौं समूह
राति ११:४५, स्विट्जरल्याण्ड र कोस्टारिका, पाँचौं समूह

१४ असार २०७५
साँझ ७:४५, जापान र पोल्याण्ड, आठौं समूह
साँझ ७:४५, सेनेगल र कोलम्बिया, आठौं समूह
राति ११:४५, पानामा र टिउनेसिया, सातौं समूह
राती ११:४५, बेलायत र बेल्जियम, सातौं समूह

आठ वटा समूह रहेको छ । प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रि क्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रि क्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्ने छ । प्रि क्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ ।

जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल मस्कोमा  हुनेछ ।