नेपाल स्वास्थ्यकर्मी र कर्मचारी युनियनद्वारा फलफूल वितरण गरी जन्मोत्सव मनायो

के-पी- घिमिरे/
नेपालगन्ज,जेष्ठ,३०-
लर्ड वुद्द एजुकेशनल एकेडेमी लि- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा रहेको प्रतिष्ठान स्तरको ट्रेड युनियन स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले अाफनो केन्द्रीय ९ अौं बार्षिक उत्सव नेपालगन्जमा रहेको नील सागर बृद्धाश्रममा गई त्यहाँका शिव पार्वती बुबा अामालाई फलफूल तथा अौषधि वितरण गरी मनाएको छ ।

मानवीय सोच, सामाजिक कार्य गर्ने उद्देश्यले बाँके जिल्लामा असहाय अशक्त पुनःस्थापन तथा जेष्ठ नागरिक सेवा केन्द्रमा गई वार्षिकोत्सब मनाउने निर्णय गरेको नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खानले बताउनु भयो ।

उक्त कार्यक्रममा लर्ड वुद्द एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनका केन्द्रीय सभापति मुस्लिम खान, संगठनका बिभागीय अध्यक्ष अशोककुमार दीक्षित , सचिव सुमन गिरी, स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका उपाध्यक्ष रईश शाही, सदस्य नुतन सिंह, मदन भट्ट , सरस्वती पन्थी , सुष्मा थापा, शर्मिला थापा, यशोधा के-सी- कर्मचारी संगठनका सल्लाहकार शरद पोखरेल, स्वास्थ्य जाँच गर्न जानु भएको झरना बुढाथोकी , चित्रा बि-सी, सुविना खरेल, हरिना जोसी, अर्चना श्रेष्ठ , लगायतका साधारण सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा त्यहाँ रहेका जेष्ठ नागरिक तथा नीलसागर केन्द्रका अध्यक्ष, उपाध्यक्ष लगायत त्यहाँ रहेका ३० जना सबैको सुगर जाँच गरिनुका साथै फलफूल , उहाँहरुलाई चाहिने अति अावश्यक अौषधिहरु पनि वितरण गरिएको थियोे ।