आजदेखि मुलुकभर यूरोफोर पेट्रोल विक्री सुरु

काठमाडौं, चैत २२-
नेपाल आयल निगमले आजदेखि मुलुकभर यूरोफोर गुणस्तरको पेट्रोल बेच्न थालेको छ ।यसअघि सोमबार काठमाडौं उपत्यकामा यो तेल बेचिएको थियो । निगमले आजदेखि चितवन, नेपालगञ्ज, विराटनर, धनगढी, भैरहवा लगायतका मुख्य शहरमा पनि सोही गुणस्तरको पेट्रोल बिक्री थालेको हो ।

यसअघि नेपालमा यूरो थ्री गुणस्तरको पेट्रोल बिक्री भईरहेको थियो । नयाँ मापदण्डको पेट्रोलले सवारी साधनको इन्जिनलाई पूर्ण क्षमतामा राख्ने, धुवाँ कम गर्न सहयोगी हुने र न्यून प्रदुषण हुने मानिन्छ ।

विकसित मुलुकमा प्रयोग हुँदै आएको सो मापदण्डको पेट्रोल नेपालमा भने ढिलो गरी मात्रै आयात गरिएको हो । मुलुकमा दैनिक १० लाख लिटर हाराहारीमा पेट्रोल खपत हुँदै आएको छ ।