कोरोना भाइरस- चीनमा मृत्यु हुनेको संख्या ६ सय ३६ पुग्यो

उपचारमा संलग्न डाक्टरको पनि मृत्यु

बेइजिङ ,माघ,२४-  कोरोनामा भाइरस बारे विश्वलाई चेतावनी दिने पहिलो चिकित्सक समूह मध्येका एक चिकित्सकको उक्त भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

३४ बर्षिय चिकित्सक लि वेनलियाङको उहान शहरको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनीले एक भिडियो सन्देश मार्फत पहिलो पटक यो भाइरसको विषयमा जानकारी दिएर विश्वलाई सचेत रहन चेतावनी दिनुभएको थियो ।यसैबीच चिनिया सरकारले कोरोना भाइरस विरुद्घको अभियानलाई जनयुद्घको रुपमा अघि बढाइने घोषणा गरेको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले चीनले कोरोना भाइरसलाई परास्त गर्ने आश्वासन दिदैं यो संघर्षलाई जनयुद्घको रुपमा लिन आग्रह गर्नुभएको हो ।

चिनिया राष्ट्रिय स्वास्थ्य आयोगका अनुशार चीनमा कोरोना भाइरसका कारण हालसम्म ६ सय ३६ जनाको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यस्तै-वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा केही बिरामीमा कोरोना भाइरस देखिएको जानकारी दिँदै यो खतरनाक हुनसक्ने बताएका थिए । तर चीनिया प्रहरीले उहाँलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

तर पछि चिकित्सक ली को भनाइ पुष्टि भएपछि चीनमा उनलाई समयमै कोरोनाबारे जानकारी दिएको भन्दै ‘हिरो’ काे रुपमा चर्चा गरिएको थियो । 

यो भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि चीनले अब केही कडा प्रतिबन्ध लागू गर्ने घोषणा गरेको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार चीनका केही ठूला शहरहरुमा घरबाहिर साथमा भोजन गर्न रोक लगाइएको छ । केही ठूला भवनको लिफ्ट बन्द गरिएको छ । साथै कति जना व्यक्ति एकैसाथ बाहिर जान सक्छन् भनेर तोकिएको पनि छ । चीनका केही शहरमा मास्क समाप्त भएको समाचार पनि बाहिरिएका छन् ।