बाँकेमा विद्युत चुहावटबाट ५० लाख रुपैंया जरिवाना असुली

बाँके,माघ,८-बाँकेमा विद्युत चोरी र चुहावट सिलसिला बढेपछि नेपाल विद्युत प्राधिकरण नेपालगंजले थालेको कारवाहबिाट झण्डै ५० लाख रुपैया जरिवाना असुल भएको छ । बेतहनी,बनकट्टी ,कम्दी जयसपुर,हिरमिनीया,लगायत जिल्लाका अन्य क्षेत्रबाट कटिया फसाउने विद्युत चोर २२० जनालाई गत वर्ष पक्राउ गरेको छ ।

उनीहरुबाट १९ लाख ८९ हजार १ सय ६७ रुपैया असुल गरिएको छ । चालु आर्थीक वर्षमा २४५ जना विद्युत चोरलाई प्रधीकरणले फन्दामा ल्याएको छ । उनीहरुबाट ३० लाख १८ हजार ९ सय २५ रुपैया जरिवाना असुल गरिएको प्राधीकरणले जनाएको छ ।