बाँकेमा अझै करिब ४०० शिक्षक अपुग

बाँके,माघ ८-बाँकेमा अझै करिब ४०० शिक्षक अपुग रहेका छन् ।सरकारले समय अनुसार शिक्षक कोटा थप्न नसक्दा शिक्षकहरु अपुग रहेको बाँकेका साहय जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले बताउनुभयो ।

रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा बहसमा आज कुराकानी गर्दै थापाले अहिले शिक्षक सेवा आयोगले लिईरहेको परिक्षाबाट आउने नयाँ शिक्षकहरुपनि पुरानै कोटामा आउने भएकाले शिक्षक अभाव पुर्ती नहुने बताउनु भएको छ ।

शिक्षक अभाव पुर्ती गर्न सरकार लागिरहेकोले आगामी दिनमा समस्या समाधान हुने जनाउनुभयो । साथै बाँकेमा विद्यालय छाड्ने दर उच्च रहेकाले अभिभावक शिक्षमा जोड दिएको र विभिन्न सचेतना मुलक कार्यक्रम गरिरहेको जानकारी दिनुभएको छ ।

विद्यालयको अनुगमनमा जोड दिएको बताउदै बालबालीकाको पढाई सुधारका लागि कक्षा १ देखी ३ सम्मका बालबालीका लागि संचालन गरिएको अर्ली रिडिङ कार्यक्रम लाई निरन्तरता दिईएको बताउनु भएको छ ।

बाँकेलाई सन २०१७ भित्रै साक्षर जिल्ला घोषण गर्ने अभियानमा चुनौती रहेपनि सामुदायक अध्ययन केन्द्रहरुलाई सक्रिय बनाउदै लगेकाले सकेसम्म छोटो समयमा लक्ष्यमा पुग्न सकिने आशा रहेको बताउनु भएको छ ।