कैलालीमा ठुलो राशीको जिल्ला व्यापी विद्यालय स्तरीय बृहद नृत्य प्रतियोगिता शुरु

पवन मुडभरी /

बौनीया ,कार्तीक,१८ –
कैलालीकोको बर्दगोरीया गाउपालिकामा अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगिता २०७४ शुक्रबार देखी शुरु भएको छ । सास्कृतिक, पहिचान व्यक्तित्व विकास एबंम स्वस्थ्यका लागी नृत्य भन्ने नाराका साथ नवबालबाटिका विद्यामन्दीर विद्यालयको आयोजनामा भईरहेको प्रतियोगीताको बर्दगोरीया गाउपालीकाका अध्यक्ष बलिराम चौधरीले शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।

विद्यालयका संस्थापक देब बहादुर मल्लको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जगततारा ईिलस बोर्डिङ स्कुलका संस्थापक एकेन्द्र मल्ल विशिष्ट अतिथी रहनुभएको थियो भने बर्दगोरीया गाउपालीकाका नवनिर्वाचित जनप्रतिनीधिहरु , विभिन्न विद्यालयका शिक्षक , अभिभावक , शुरक्षाकर्मी , पत्रकार लगायत अतिथी रहनुभएको थियो ।

विद्यालयका शिक्षक हर्क वडको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रमोद मल्ल , पत्रकार लिलाजंग शाहि ,लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । १९ गते सम्म चल्ने नृत्य प्रतियोगीतामा बर्दगोरीया , लम्की , टीकापुर अत्तरीया , लगायत कैलालीका २० विद्यालयको प्रस्तुती रहनेछ ।

आज पहिलो दिन विभिन्न विद्यालयको एकल नृत्य प्रस्तुत गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार दितिय लाई २५ हजार,तितृय लाई १५ हजार र सान्तवना लाई १० हजार नगद,प्रमाणपत्र,ट्रफि,र मेडल प्रदान गरिने बताईएको छ ।