नेपाल संग लाओस २-० गोलले पराजीत

नेपाल संग लाओस २-० गोलले पराजीत
तस्बिर : रासस

काठमाडौं,चैत्र,८-आज बुधबार देखी सुरु भएको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले पहिलो खेलमै विजयी सुरुवात गरेको छ।नेपालले प्रतियोगितको उद्घाटन खेलमा लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो ।

नेपाललाई जित दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे।३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले हेडरमार्फत सानदार गोल गर्दै नेपाललाई एक शुन्य गोलको अग्रता दिलाएका थिए।

खेलतो दोस्रो हाफको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा सानदार प्रहारमा उत्कृष्ट गोल गर्दै नेपाललाई २-० गोलको अग्रता बनाएका थिए ।

नवयुगले राष्ट्रिय टिमबाट हाल सम्म आठौं अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन्।यसअघी सन् २०२१ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइसँगको खेलमा नवयुगले गोल गरेका थिए ।

दोस्रो हाफको ६६ औं मिनेटमा लाओसका अन्तजा सिफोङफानले गोलकिपर किरण लिम्बुलाई बिट गर्दा अर्का खेलाडी बौनपाचाङ बौङकोनले पोष्टमा हानेको बल अनन्त तामाङले बचाए ।

यस्तै ७० औं मिनेटमा अन्तजा सिफोङफानले प्रहार गरेको बल डिफेन्डर रोहित चन्दले हेडरमार्फत क्लियर गरिदिए ।नेपालका लागि ७२ औं मिनेटमा मनिष डाँगीले मिलाएको बलमा नवयुगको पासलाई आयुस घलानले पोस्टको दिशा दिन सकेनन् ।यस्तै आज भएको खेलमा अनन्त तामाङ प्लेयर अफ द म्याच चुनिएका छन्।यससंगै उनले २५० डलर नगद पुरस्कार पाएका छन् ।

राष्ट्रिय टिममा ४ खेलाडीको डेब्यू

लाओससँगको खेलमा नेपालका चार नयाँ खेलाडीले डेब्यु गरे । नेपालका लागि सनिश श्रेष्ठ, मणि लामा, दिपकराज सिंह ठकुरी र सुमित श्रेष्ठले डेब्यू गरेका हुन् । सनिश श्रेष्ठले पहिलो रोजाइमा पर्दै डेब्यु गरे ।

मणि लामाले दोस्रो हाफको ७४ औं मिनेटमा नविन लामालाई प्रतिस्थापन गरे ।नेपालको राष्ट्रिय फुटसल टिमका सदस्यसमेत रहेका उनले नवीन लामालाई प्रतिस्थापन गरी फुटबलको सिनियर टिमबाट डेब्यू गरेका हुन् ।

मणि लामा नेपालको पहिलो राष्ट्रिय फुटसल टिमका सदस्य हुन् । उनी २०१७ देखि नै फुटसलको राष्ट्रिय टिममा छन् । उनले फुटसल एसियन कप छनोटको तीन संस्करण खेलेका छन् । उनले एपीएफबाट ए डिभिजन लिग खेल्दै आएका छन् ।

यस्तै स्ट्राइकर दीपकराज सिंह ठकुरीले ८२ औं मिनेटमा डेब्यु गरे । बाँकेका ठकुरीले यो सिजन ए डिभिजन लिग फुटबलमा सातदोबाटोबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सुरुवाती ५ खेलमा चार गोल गरेका उनी ३ खेलमा प्लेयर अफ दि म्याच भएका थिए ।

लिगमा गरेको प्रदर्शनकै आधारमा राष्ट्रिय टिममा परेका उनले ८२ औं मिनेटमा नवयुग श्रेष्ठलाई रिप्लेस गरेका हुन्।सुमित श्रेष्ठले खेलको थप गरिएको ३ मिनेटको समयमा आयुष घलानलाई प्रतिस्थापन गरेका हुन् । सुमित फुटसलबाटै फुटबलमा आएका हुन् ।