अनन्तको गोलमा लाओसविरुद्ध नेपाललाई १-० गोलको अग्रता

काठमाडौं,चैत्र,८-प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अन्तर्गत दशरथ रंगशालामा अहिले भैईरहेको लाओससँगको खेलमा नेपालले १-० गोलले अग्रता लिएको छ ।

३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अन्तत तामाङले शानदार हेडरमार्फत गोल गरेका हुन् ।नेपाली राष्ट्रिय टिमबाट सनिस श्रेष्ठले डेब्यु गरेका छन् ।

सशस्त्र प्रहरीको एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका सनिसले राष्ट्रिय टिममा परेपछिको पहिलो खेलमै डेब्युको मौका पाएका हुन् ।

नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले अञ्जन विष्टलाई बेन्चमा राखेका छन् भने भरत खवासलाई पनि पहिलो रोजाईमै नै मैदान उतारेका छन् ।