पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

काठमाडाैं,चैत,१६-

स्व. पूर्वगृहमन्त्री खुमबहादुर खड्का

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उहाँको निधन भएको पुष्टि गर्नु भएको छ ।

(प्रवक्ता विश्वप्रकाश शर्माको ट्वीट)

 

बहुदलीय व्यवस्थाकालमा विभिन्न मन्त्रालयको जिम्मेवारी पाउनु भएका खड्का शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा गृहमन्त्री बन्नु भएको थियो ।लामो समयदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो ।