चैत्र १ मा चालू आर्थिक वर्षको प्रदेश बजेट

काठमाडौं,फागुन,२१-

प्रदेश सरकारले चैत्र १ मा चालू आवका लागि बजेट नल्याए खर्च गर्न नपाउने भएका छन् । अन्तरसरकारी वित्त ऐनअनुसार बजेट नबनाइ कुनै पनि खर्च गर्न नपाइने भएकाले चालू आर्थिक वर्ष सकिन ४ महिना बाँकी भए पनि प्रदेश सरकारहरुलाई बजेट ल्याउन दबाब परेको हो ।

चालू आर्थिक वर्षका लागि चैत १ मा बजेट ल्याए पनि आगामी आर्थिक वर्षका लागि भने प्रत्येक प्रदेशले असार १ मा प्रादेशिक बजेट ल्याउनुपर्ने प्रावधान । आजको कारोबारमा खबर छ ।