सेयर बजार ओरालो

काठमाडौ,फागुन,२१-

नयाँ सरकार बनेसँगै सुध्रिन्छ भन्ने आशमा बसेका लगानीकर्तालाई आइतवार सेयर बजारले नराम्रो झट्का दिएको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि डा. युवराज खतिवडाले अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने अभिव्यक्ति दिँएसँगै पुँजी बजारमा पहिरो गएको हो ।

अर्थमन्त्रीको खतिवडाको त्यस अभिव्यक्तिको प्रभाव यति धेरै पर्यो कि पुँजी बजारका लगानीकर्ताले आइतवार एकै दिन ४७ अर्ब रुपैयाँ गुमाउन पुगेका छन् ।

बिहान बजार खुल्नेबित्तिकै रेड कार्पेट ओछ्याउन थालेको सेयर बजारमा बजार बन्द हुनुअघिसम्म ४१.५६ प्रतिशतले घट्दा लगानीकर्ताकव ४७ अर्ब रुपैयाँ गायब भएको हो ।

केही महिनादेखि निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार आइतवार दुई वर्षअघिकै न्यून बिन्दुमा आइपुगेको छ । यसअघि पुँजी बजार २०७२ फागुन २० गते १३०० अंकमा ओर्लेको थियो । ठीक दुई वर्षपछि सेयर बजारको अवस्था त्यस्तै दयनीय भएको हो । आजको दिन ४१.५६ अंकले ‌ओरालिँदै बजार परिसूचक नेप्से १३०४.४३ अंकमा आएको छ ।

आइतबार कारोबार जारी रहेका बेला सेयर बजार १३०० अं‌कबाट तल झरेको थियो । तर बजार बन्द हुनुअघिसम्म बजार केही थामिँदै १३०० बिन्दुमा पुगेर रोकिएको हो । आजको अन्नपूर्णमा खबर छ ।