प्रदेश–७ मा सात सदस्यीय मन्त्रिपरिषद गठन

कैलाली, फागुन ५-

प्रदेश नम्बर–७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको शपथग्रहणसँगै शनिबार साँझ सात सदस्यीय मन्त्रिमन्डल गठन गरिएको छ ।माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले शनिबार धनगढीमा प्रदेशप्रमुख मोहनराज मल्लसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

त्यसलगत्तै अरु ६ मन्त्रीले प्रदेशप्रमुख मल्लसँग शपथ लिए । नेकपा एमालेबाट चार र माओवादी केन्द्रबाट दुई मन्त्री बनेका हुन् ।मन्त्री बनेकाहरुपमा एमाले संसदीय दलका नेता प्रकाश शाह गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्री छन् ।

मुख्यमन्त्रीका दाबेदार रहेका माओवादी केन्द्रका झपट बोहराले अर्थ (आर्थिक तथा योजना) मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै, पठानसिह बोहरा, भौतिक पूर्वाधार तथा योजना, दीर्घ सोडारी सामाजिक विकास, माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण र विनीता चौधरी भूमि व्यवस्थापन, कृषी तथा सहकारीमन्त्री बनेका छन् ।

बोहोरा, सोडारी र भट्ट एमाले सांसद हुन् भने चौधरी माओवादी केन्द्रबाट मन्त्री बनेकी हुन् ।मुख्यमन्त्री भट्ट रु अरु सबै मन्त्रीले आइतबार (भोलि)मात्रै पदभारग्रहण गर्ने बताइएको छ ।ईमेज खबरबाट