४१ औँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष ओली नियुक्त

काठमाडौं,फाल्गुन,३-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो  । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनले पत्र बुझाएका थिए ।

प्रधानमन्त्री नियुक्ती भए संगै एमाले अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४१ औँ प्रधानमन्त्रीमा बन्नु भएको छ । 

ओलीलाई नेपालको प्रधानमन्त्रीको रुपमा दिउँसो चार बजे सपथग्रहण गराउने कार्यक्रम तयगरिएको शीतलनिवास स्रोतले जनाएको छ ।

(नियुक्ती)