आजको राशिफल ।। साउन २८ गते शनिवार ।।

काठमाडौं,साउन,२८-आज विक्रम संवत २०७९ साल साउन महिनाको २८ गते शनिवार, (अगष्ट १३ तारिख) भाद्र कृष्ण द्धितिया तिथी !! आज रोपाई जात्रा !!

आज साउन २८ गते शनिवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ।मन अध्यात्मतर्फ आकर्षित बन्नेछ।कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।व्यवसायबाट पनि लाभ हुनेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ।मनमा हर्ष, उमङ्ग र उत्साह रहला।रमाइलो यात्राको योग पनि रहेको छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ।महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।माया प्रेममा कमी आउन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ।आर्थिक कारोबारमा विवाद पनि आउला।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन विद्या र बुद्धिको विकास हुनेछ।पारिवारिक भेटघाटमा रमाइन्छ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ।ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ।सुखद् यात्राको योग छ।दैनिक कार्यमा प्रगति हुनेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन आर्थिक कारोबारमा मन्दी आउनेछ।मनमा दुबिधा उत्पन्न होला।सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योग छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ।जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ।दैनिक कार्य सम्पादनमा सहजता मिल्नेछ।व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन यात्रामा मालसामान हराउन सक्छ।कार्य सम्पादनमा समस्या आउला।साँझमा पैसा खर्च हुने योग छ।चोटपटकको भय छ सचेत रहनुहोला।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल