एक सातामा नेपालले पहिलो सिइओ अफ दि इयर पाउने

काठमाडौं,फागुन,२५-

एक सातामा नेपालले पहिलो सिइओ अफ दि इयर पाउने भएको छ ।अर्थ तथा ब्यवसायीक क्षेत्रमा निकै चर्चामा रहेको यो अवार्ड पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखी उद्योगी ब्यवसायी उपेन्द्र महतो तथा सफल बैंकर्स अनिल शाहको सम्मको प्रतिस्पर्धाले चर्चा पाएको हो ।

काठमाडौको होटल सोल्टीमा फाल्गुण ३० गते एक भब्य कार्यक्रमका बिच अवार्ड प्रदान गर्न लागिएको हो । ६ वटा बिधामा प्रदान गर्न लागिएको अवार्डको अन्य ५ बिधाको भने जूरी कमिटीले छनौठ गरिरहेको र पपुलर सिइओ अफ दि इयरका लागी भने पब्लीक भोटिङ्ग मार्फत फाईनल गर्ने आयोजकले जनाएको छ । 

नेपाल कै ठुला घराना, उद्योगी, ब्यवसायी देखि नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक सम्म यस बिधामा नोमिनेशनमा परेका हुन् । यस बिधामा १६ जना नोमीनी बिच प्रतिस्पर्धा रहनेछ ।

पपुलर सिइओ अफ दि इयरको अवार्डका लागी अनलाईन भोटिङ्ग ५० प्रतिशत तथा मोवाइल भोटिङ्ग ५० प्रतिशत गरि सर्वाधिक भोट पाउने ब्यक्तिलाई अवार्ड प्रदान गरिने जनाइएको छ ।

नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रम नाम दिइएको कार्यक्रम नेपाल लगायत १७ देशका करिब ३०० अर्थ तथा ब्यवसाय जगतमा कृयासिल तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सहभागी रहने छ ।

आफुलाई मन परेको ब्यक्तीलाई अनलाईनमा नेपाल सिइओ समिटमा गई भोट गर्न सकिनेछ र एस.एम.एस. मार्फत CEO स्पेस छोडी भोट गर्न चाहेको नोमिनिको कोड टाईप गरि ३३००१मा एस.एम.एस. गर्न सकिनेछ ।