कानुन संकायका बिद्यार्थीहरुले गरे शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

नेपालगन्ज , बैशाख १०-


नेपालगन्जमा मंगलबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्नातक तह कानुन संकाय प्रथम वर्षमा अध्ययनरत बिद्यार्थीहरुको अायोजनामा नयाँ वर्ष २०७६ सालको पावन अवसरमा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

 

 


मंगलबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा रहेको खप्तड स्वामी अध्ययन सभाकक्षमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख गणेश रेग्मी रहनु भएको थियो।

त्यस्तै अतिथिहरुमा सहायक क्याम्पस प्रमुखहरु निरञ्जन ज्ञवाली , अर्जुन पोख्रेल , लालमणी अाचार्य, मेन बहादुर अधिकारी , प्राध्यापक हरि प्रसाद तिमिल्सिना , डा- राजेश केशर खनाल, सह प्राध्यापक लोक बहादुर शाह, गणेश चौधरी , प्रशासन प्रमुख गंगा क्षेत्री , विभागीय प्रमुखहरु कानुन संकायका विभागीय प्रमुख लक्ष्मण पराजुली , नेपाल बिद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई कार्यवाहक सभापति चन्द्र प्रकाश देवकोटा, अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस ईकाई अध्यक्ष नमराज योगी, विभिन्न मिडियामा कार्यरत पत्रकारहरु रहेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य कानुन संकायमा अध्ययनरत बिद्यार्थी चक्र रावतले राखेका थिए । शुभकामना मन्तव्य राख्नेमा बिद्यार्थी विजया धिताल, प्रशासन प्रमुख गंगा क्षेत्री , कानुन संकायका विभागीय प्रमुख लक्ष्मण पराजुली , पत्रकार अालम खान, सहायक क्याम्पस प्रमुख निरन्जन ज्ञवाली , लालमणी अाचार्य, कानुन संकायमा अध्यापन गराउनु हुने लोक बहादुर शाह, क्याम्पस प्रमुख लगायतका थिए ।

अधिकांश वक्ताहरूले लामो समयपछि अध्यापन शुरु भएकोमा अहिले प्रथम वर्षमा अध्ययनरत बिद्यार्थीहरु र यसको शुरुवात गर्न रातदिन पहल गर्ने ७२ वर्षीय बिद्यार्थी बलभद्र वलीलाई दिएका थिए । अहिले नियमित कक्षा सञ्चालन भएकोले क्याम्पसको गरिमा उचो भएको र मास्टर पनि कानुन संकायमा यसै क्याम्पसमा अध्यापन गराउन पहल गर्ने क्याम्पस प्रमुख रेग्मीले बताए ।

कार्यक्रममा कानुन संकायमा अध्ययनरत बिद्यार्थीहरुको उल्लेख्य सहभागी रहेको थियोे । लामो समय देखि पठनपाठन नभएको क्याम्पसमा यस शैक्षिक सत्रमा कानुन संकायमा ११८८ जना बिद्यार्थी भर्ना भएको क्याम्पस प्रशासनले बताएको छ ।

उक्त शुभकामना अादान प्रदान कार्यक्रमको अध्यक्षता प्रथम वर्षमा अध्ययनरत ७२ वर्षीय बिद्यार्थी बलभद्र वलीले गरेका थिए । शुभकामना अादान प्रदान कार्यक्रम कानुन संकाय प्रथम वर्षमा अध्ययनरत बिद्यार्थीहरुको अायोजना, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज सह अायोजक, सहकार्य सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मिडिया पार्टनर बिहानी अनलाइनले गरेको थियो।

कार्यक्रम प्रथम वर्षमा अध्ययनरत बिद्यार्थी कमल शाहीले गरेका थिए । वयोवृद्ध बिद्यार्थी बलभद्र वलीलाई प्रमुख अतिथिले दोसल्ला अोडाएर सम्मान पनि गरिएको थियोे ।