गोकुल सामुदायिक वनको कार्यसमितिमा प्यानलसहित बिजय बिजयी

बाँके,बैशाख,८-

बाँकेको डुडुवा गाउँपालिका वडा नं.–३,४ र ५ स्थित गोकुल सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा बिजय यादव बिजयी हुनुभएको छ । शनिबार राति सार्वजनिक मतपरिणाम अनुसार यादव प्यानलसहित बिजयी हुनुभएको हो ।

निर्वाचन संयोजक महेन्द्र शाहीका अनुसार यादवले आफ्ना प्रतिद्धन्द्धी बडेलाल यादवलाई १५ मतान्तरले परािजत गरेका हुन । बडेलालले १६१ मत प्राप्त गर्नुभएको थियो भने बिजयले १७६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षका लागि बिजयकै प्यानलका अर्जुन यादवले १७६ मत ल्याउनुभयो भने प्रतिद्धन्द्धी बंशराज यादवले जम्मा १४६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सचिव पदमा गिता यादवले १७६ त प्राप्त गर्नुभयो भने अनिता यादव १४५ मत प्राप्त गर्नुभयो । सहसचिवमा दुलारी यादवले १७३ मत प्राप्त गर्नुभयो भने घनश्याम गुप्ताले १५१ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा तिर्थराम यादवले १८१ र खेमलाल खटिकले १५३ मत प्राप्त गर्नुभएको छ ।

११ सदस्यीय कार्यसमितिको सदस्यमा नसिबुन शेष, हास्मा अन्सारी र निर्मला खत्री निर्विरोध चयन हुनुभएको छ भने बाँकी २ जनालाई कार्यसमितिले मनोनित गर्नेछ । २ वर्षिय कार्यकालका लागि भएको निर्वाचनमा जम्मा ३ सय ५४ उपभोक्तामध्ये ३ सय ५१ जनाले मतदान गरेका छन् ।

आगामी कार्यकालका लागि सहमतिको प्रयास भएपनि सर्वसहमति हुन नसक्दा निर्वाचन गरिएको हो । बडेलाल निवर्तमान अध्यक्ष हुनुहुन्छ भने बिजय अघिल्लो निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार हुनुहुन्थ्यो ।