निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं,बैशाख,९-सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो ।

अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले बुधबार भारतले अतिक्रमण गरेको क्षेत्र समेटर नयाँ नक्सा जारी गरेका थियो ।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ । संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाइ बहुमत चाहिन्छ ।