सुनको मूल्य एकै दिन ४०० रुपैयाँले घट्यो, चाँदीको भने स्थिर

काठमाडौं,बैशाख,६-स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यो दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । मंगलवार पनि चाँदी सोही मूल्यमा खरीदविक्री भइरहेको छ

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य बढेको छ । मंगलवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९७४ दशमलव १० डलर पुगेको छ ।

पाँच दिनदेखि स्थिर रहेको डलरको मूल्य मंगलवार भने बढेको छ । यो दिन  एक अमेरीकि डलरको विक्रिदर १२२ रपैयाँ ३२ पैसा कायम भएको छ । गत पाँच दिनदेखि एक अमेरिकी डलरको विक्रीदर १२२ रुपैयाँ १८ पैसा रहेको थियो ।