नेपालगन्जलाई डुबानमुक्त बनाउने मेयरका प्रत्यासीहरुको प्रतिवद्धता

बाँके,असार,९-

स्थानिय निर्वाचन नजिकीदै गर्दा असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाबाट मेयरका प्रत्यासीहरुले नेपालगन्जलाई डुबानमुक्त बनाउने प्रतिवद्धता जनाएका छन् ।

क्रियटिभ ह्ण्डसको आयोजना तथा युनडिपीको सहयोगमा आज भएको मेरो शहर मेरो नेपालगन्ज पाँचबर्ष पाँच प्रतिवद्धता कार्यक्रममा सहभागी अधिकाँश उम्मेदवारहरुले डुबानमुक्त शहरलाई पहिलो प्राथमिकता दिएका छन ।

यसैगरी नेपालगन्जलाई फोहरमुक्त र हरित शहर बनाउने, चक्रपथ निर्माण गर्ने, छात्रा डिग्री कलेज स्थापना गर्ने, सुशासन कायम गर्ने , न्याय पुर्ण पालना लगायतका प्रतिवद्धता जनाएएका छन ।

कार्यक्रममा काँग्रेसका मेयर उम्मेदवार डा. सुरेश कनोडिया, उपमेयर उम्मेदवार उमा थापा, एमालेका मेयर उम्मेदवार सम्सुद्दिन सिद्दिकी, उपमेयर उम्मेदवार शान्ति ढकाल, राजमोका मेयर उम्मेदवार कृष्णराज पाण्डे, एकीकृत राप्रपाका मेयर उम्मेदवार कृष्ण खरेलले प्रतिवद्धता जनाए ।