आज श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व मनाईदै

काठमाडौं,भदौ,१४-आज श्रीकृष्ण जन्माष्टमी पर्व । भगवान श्रीकृष्ण जन्मिएको दिनका रुपमा हिन्दुहरुले हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएका छन् ।हिन्दु मठमन्दिरमा विशेषगरी कृष्ण मन्दिरहरुमा दर्शनार्थीहरु पुगी पुजापाठ गर्ने गर्दछन् ।

उनको मामा कंशले पिता वासुदेव र आमा देवकीलाई जेलमै हालेको अवस्थामा कृष्णको जन्म भएको हो । कृष्ण जेलमै जन्मिएका हुन् ।

महाभारतको युद्धमा कृष्णको विशेष भूमिका छ । भगवानले गाएको भगवत गीता कृष्णले महाभारतमा अर्जुनलाई सुनाएका थिए । हिन्दु धर्ममा त्यसैले पनि कृष्णको उच्च स्थान छ । उनलाई विष्णुको अवतारका रुपमा पूजिन्छ ।

यसैगरी : आजै गौरा पर्व मनाइदैछ । विशेषगरी सुदुरपश्चिममा यसलाई ठूलो पर्वका रुपमा मनाइने गरिन्छ ।भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुबोको पूजा गरेर आज सुदूरपश्चिम र मध्यपश्चिमवासीले मनाउँदैछन् ।

गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामसाथ मनाउन थालिएको हो । यो दिनमा सुदूरपश्चिमबासीहरू देउडा गीत गाएर नृत्य गरी रमाइलो समेत गर्ने गर्छन् ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल , जङ्गल , जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको विश्वास गरिन्छ ।