केपी ओली आज चौथो पटक देशको ४१ औं प्रधानमन्त्री बन्दै

काठमाडौं,असार,३०-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चौथो पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ।

आफू सेम्मेलीतको सरकार नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन तोडेर कांग्रेस-एमाले गठबन्धन बनेसँगै पुष्पकमल दाहालको सरकार ढलेपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।

राष्ट्रपती रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आज प्रधानमन्त्री नियुक्त गर्नुहुने भएको छ। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि तीन दिन म्याद तोकेर आह्वान गरे अनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र दाबी प्रस्तुत गर्नुभएको छ।
 
नयाँ प्रधानमन्त्रीको रुपमा केपी ओली देशको ४१ औं प्रधानमन्त्री बन्नुहुने छ।