भारतीय सेनाध्यक्ष विपिन रावत आज नेपाल आउँदै

काठमाडौं,माघ,२९-

भारतीय सेनाध्यक्ष विपिन रावत आज नेपाल आउँदै हुनुहुन्छ । भारतीय सेनाध्यक्ष रावत प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

उहाँ नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा भोलि फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुने नेपाली सेनाले जनाएको छ । रावतलाई २०७३ चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुभएको थियो ।

नेपाली र भारतीय सेनाध्यक्षलाई एक अर्को देशको सेनाको मानार्थ महाराथी सम्मान दिने प्रचलन छ । भारतीय सेनाध्यक्ष रावत बुधबार भारत फर्किनुहुनेछ । नेपालवाणीबाट