
काठमाडौं,असार,३१-राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गर्नुभएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायधिवक्तामा खातीलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
नेपाल बार एशोसियसनको महासचिव समेत भइसक्नुभएका बाजुराका खातीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शेरबहादुर देउवालाई परमादेश जारी हुनुपर्ने माग गर्दै उहाँको तर्फबाट बहस गर्नुभएको थियो ।