राष्ट्रपतिद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं,असार ३१-राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ ।

बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन पनि आदेश दिएको थियो ।

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान