अन्तरक्रिया कार्यक्रम सम्पन्न

रोशन घर्ती/

घोराही,फागुन,२४-

प्राज्ञीक विद्यार्थी परिषद नेपाल घोराही नगर समितिले आज अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राज्ञिक बिद्यार्थी परिषद नेपाल घोराही नगर समितिका अध्यक्ष शरद कुमार शर्माको अध्यक्षता तथा दाङ उद्योग बाणिज्य संघका सचिब माया पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले हरेक महिला स्वरोजगारका साथ अगाडी बढ्न सकेमात्र महिला हिंसामा न्युनिकरण हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले हरेक महिला आर्थिक रुपमा शसक्त हुनसकेमात्र स्वाबलम्बनका साथ अगाडी बढ्न सकिने बताउनुभयो ।यसैगरी कार्यक्रममा बोल्दै रेडियो स्वर्गद्धारीका समाचार प्रमुख बसुन्धरा गौत्मले हरेक महिलाले आफुलाई म को हु भनेर चिन्न आवश्यक रहेको बताउनुभयो साथै मातृशक्ति सबैभन्दा ठुलो शक्ति भएकाले पनि हरेक महिला आत्मबिश्वासका साथ अगाडी बढ्न जरुरी रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक शुलोचना गौत्मले महिलाले महिलाको अस्तीत्व स्वीकार गर्दै सहकार्यताका साथ अगाडी बढ्न सकेमात्र महिला हिंसा न्युनिकरण हुन सक्ने बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै डाक्टर प्रविण कुमार झा ले समाजमा रहेका हरेक बिकृतिलाई संस्कृतिको नाममा बढावा दिन नहुने बताउनुभयो साथै डाक्टर झाले पाश्चात्य संस्कृतिको नाममा हरेक कुरा ग्रहण गर्न आवश्यक नरहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजन संघका एलिना पाण्डेले हरेक महिलाहरुका साथै पुरुष वर्गलाई पनि प्रजनन अधिकारका सवालमा जनचेतना दिनसकेमात्र पनि महिला स्वास्थ्य राम्रो हुने बताउनुभयो ।यसैगरी कार्यक्रममा प्रज्ञीक विद्यार्थी परिषदका छात्रा अनुपमा खत्री लगायतले बोल्नुभयको कार्यक्रमको सहजीकरण आशा वलीले गर्नुभयको थियो ।